चलचित्र ‘ए मेरो हजुर ४’को नयाँ गीत सार्वजनिक (गीतसहित)

न्युजलय २५ फाल्गुण २०७८, बुधबार ०६:४१ मा प्रकाशित

काठमाडौँ । चलचित्र ‘ए मेरो हजुर ४’को नयाँ गीत सार्वजनिक भएको छ।

चलचित्रको ‘सुन्तला’बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा बसन्त सापकोटाले संगीत गरेका छन्।

मेलिना राई र निशान भट्टराईले गाएको उक्त गीत संगीतकार सापकोटाले नै लेखेका हुन्। गीतमा अनमोल र सुहानाका साथमा सलोन बस्नेतको अभिनय छ। 

कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतको छायांकन सञ्जय लामाले गरेका हुन्। आगामी वैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्र झरना थापाले निर्देशन गरेकी हुन्।