नेप्से ३१.८० अंकले घट्यो

न्युजलय ३० साउन २०८०, मङ्गलबार ०९:१३ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से ३१.८० अंकले घटेर २०४५.४४ को बिन्दुमा झरेको छ ।

आज २७८ धितोपत्रको ५६ लाख तीन हजार १७९ कित्ता सेयर दुई अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.५७ प्रतिशतले घटेर ३९१.८४ को बिन्दुमा झरेको  छ । आज १३ वटा उपसमूहमध्ये म्युचअल फन्ड उपसमूहको समूहगत सूचक बढेको छ । आज उक्त उपसमूहको समूगत सूचक २८.९० प्रतिशतले बढेको छ ।

अन्य १२ वटा उपसमूहको समूहगत सूचक भने घटेको छ ।