झुम्का जुनियर जेसिजको अध्यक्षमा भट्टराई

न्युजलय ११ पुस २०८०, बुधबार ०९:३४ मा प्रकाशित

झुम्का । झुम्का जुनियर जेसिजको छैठौं वार्षिक साधारण सभा तथा शाखा अधिवेशनले शिशिर भट्टराईको अध्यक्षतामा नयाँ समिति बनाएको छ ।


वर्ष २०२४ को लागि भट्टराईको अध्यक्षतामा पदाधिकारीहरु सर्वसम्मत चयन गरेको हो । समितिको कार्यकारिणी उपाध्यक्षमा कृष श्रेष्ठ, कृश शाह, आइपीपी निवर्तमान अध्यक्ष हेमराज खड्का, उपाध्यक्षमा एरोन उप्रेती, निमेश चौलागाईं, नितेश गुरागाई, लक्ष्मी चौधरी रहेका छन् ।