कालिकोट । तीन दिनदेखिको अविरल वर्षापछि गएको पहिरोले घर भत्किँदा एक जनाको मृतयु भएको छ ।
सोमबार राती महाबै–७ राम्नीकी १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको हो भने स्मृतससँगै सुतेकी उनकी १५ वर्षीया बहिनी इशानी अधिकारी भने घाइते छन् ।
घाइते इशानीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । पहिरोले सोही गाउँका अन्य ५ घर पनि भत्किएका छन् भने २५ घर जोखिममा छन् ।
सोमबार राति पादमघाट प्रहरी चौकी र सदरमुकाम मान्मबाट प्रहरी टोली घटनास्थल गएको प्रहरीले जनाएको छ । वर्षा नरोकिएकोले गाउँ नै पहिरोको जोखिममा छ ।