देवानगञ्ज र हरिनगरा क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा

न्युजलय २३ चैत २०८०, शुक्रबार ०३:३३ मा प्रकाशित

इटहरी । सुनसरीको देवाञ्जगञ्ज र हरिनगरा गाउँपालिकामा अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ ।

शुक्रबार दिउँसो १२ बजेदेखि लागू हुने गरी हरिनगरा गाउँपालिकाका सबै वडा र र देवाञ्जगञ्ज गाउँपालिकाको १ र ७ नं वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी भएको हो ।

बिहीबार मुस्लिम युवाहरूको आक्रमणमा घाइते भएका हरिनगर गाउँपालिका ३ का जिवन मेहताको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइहरेको छ । भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र हवाई फायर समेत गरेको छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सम्भावित मानवीय र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन बमोजिम विभिन्न भेला प्रदर्शन गर्न नगराउन सूचनामा उल्लेख गरिएको छ ।

कर्फ्यु आदेश विपरीत भए गरिएको पाइएमा सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कारबाही समेत गर्न सकिने बताइएको छ ।