डीभी चिट्ठाको नतिजा सार्वजनिक हुँदै

न्युजलय २३ बैशाख २०८०, शनिवार ११:०७ मा प्रकाशित

काठमाण्डौ । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको नतिजा शनिबार राति आउँदै छ । ६ मे अर्थात् आज राति ९ः४५ नतिजा सार्वजनिक हुन लागेको अमेरिकी प्रशासनले जनाएको छ ।   

अमेरिकन डीभी शाखाका अनुसार यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुनेछ । 

डीभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सम्बन्धित वेबसाइटमा गएर आफ्नो कन्फर्मेसन नम्बर राख्नुपर्दछ । त्यसबाट डीभी परे /नपरेको थाहा हुनेछ ।