संखुवासभामा गोली हानेर शिक्षकको हत्या

न्युजलय १९ भदौ २०८३, शुक्रबार ११:५८ मा प्रकाशित

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा–१ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या भएको छ।

मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुवीर खम्बु राईको गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बिहीबार राति शिक्षक राईमाथि गोली प्रहार भएको हो।

विद्यालयमै बस्दै आएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएपछि उनीमाथि गोली प्रहार भएको शिक्षक टीकामाया राईले जानकारी दिएको प्रहरीले जनाएको छ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालसहितको टोली र इलाका प्रहरी कार्यालय हेदाङनागढीको टोली घटनास्थलतर्फ गएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।