सौगात र सृष्टि बिवाह बन्धनमा बाँधिदै

न्युजलय २३ फाल्गुण २०७८, सोमबार ०१:५३ मा प्रकाशित

काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री एवं पूर्वमिस नेपाल सृष्टि श्रेष्ठबीच विवाह हुने भएको छ। केही वर्ष अघिदेखिको प्रेमलाई उनीहरूले २०७९ सालमा बिहेमा परिणत गर्ने भएका हुन्। 

 

अभिनेत्री सृष्टिले आउँदो वर्ष विवाह गर्ने तय गरिएको जानकारी दिएकी हुन्। उनी हालै लन्डनबाट नेपाल फर्किएकी छिन्। 

 

बाबुआमासमेतको सहमतिमा सुष्टिले सौगातसँग लगनगाँठो कस्न लागेकी हुन्।