काठमाण्डौ । नाबालिग गायिकामाथि जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् ।
अदालतमा रिट दर्ता भइसकेको जनाइएको छ । निवेदनमा शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरेका छन् ।
फौज्दारी कार्यविधि संहिता २०७४ को दफा ७३ (९) बमोजिम निवेदन दिइएको शाहका वकिलले बताएका छन् ।
१० चैतमा तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । थुनामा रहेको पाँचौ दिन शाह अदालत पुगेका हुन् ।