काठमाडौं । बुधबार(आज) सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज २०० रुपैयाँले घट्दै ९४ हजार ३०० रुपैयाँमा झरेको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा २०० रुपैयाँले नै घट्दै ९३ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले घट्दै प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।