युनाइटेडले धोका दिएको रोनाल्डोको आरोप

न्युजलय २८ कार्तिक २०७९, सोमबार ०२:२३ मा प्रकाशित

काठमाडौं । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफूलाई म्यानचेस्टर युनाइटेड क्लबले धोका दिएको बताएका छन्।


उनले अब आफू क्लबबाट बाहिरिन बाध्य हुने अवस्थामा पुगेको पनि बताएका छन्। गत अगष्टमा युनाइटेडले च्याम्पियन्स लिग खेल्न नपाउने भएसँगै रोनाल्डोले आफ्नो तर्फबाट सक्दो योगदान दिने बताएका छन्। उनले टोलीप्रति आफ्नो आशासमेत रहेको बताएका थिए।  


पछिल्लो समय युनाइटेडले रोनाल्डोलाई हटाउन खोजेको समाचारहरु आइरहेको थियो। सोही क्रममा रोनाल्डोले एक अन्तर्वातामा यो समाचारको पुष्टि गरेका हुन्। रोनाल्डोले प्रशिक्षक एरिक टेन हग मात्र नभई क्लबका अन्य २/३ जनाले पनि आफूलाई निकाल्न खोजेको बताए। 


रोनाल्डोले नोभेम्बर ६ यता रोनाल्डोले बिरामी भएको बताउँदै कुनै पनि खेल खेलेका छैनन्। गत महिना चेल्सीविरुद्धको खेलमा युनाइटेडको टोलीमा रोनाल्डो समेटिएनन्। तीन दिनअघि टोटनह्यामसँगको खेलमा सब्स्टिच्युट भएर बाहिरिन नमानेको झोंकमा प्रशिक्षकले उनलाई टोलीमा नराखेका हुन्। 


रोनाल्डोले सबैभन्दा उत्कृष्ट क्लबमा फुटबल खेल्ने इच्छाअनुसार युनाइटेडमा आए पनि एलेक्स फर्गुसनले क्लब छाडेपछि भने क्लब पुरानै धारमा अघि बढिरहेको आरोप लगाए।