आज ६ आश्विन २०८२ सोमवारको राशिफल

न्युजलय ६ असोज २०८२, सोमबार ११:४१ मा प्रकाशित

मेष । स्वरोजगारको लागि विदेश तिर ताक्नेहरूलाई नयाँ अवसर हात लाग्ला। कृषि वा पशुधनमा क्षय हुने सम्भावना रहेको छ सावधान रहनुहोस्। कार्यक्षेत्रमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

वृष । आत्मविश्वासले भरपुर रहनुहुनेछ। कार्यक्षेत्रमा मनग्य लाभ मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्ध कसिनेछ। व्यापार व्यवसायमा तारिफ योग्य कामले प्रशंसा पाईनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।

मिथुन । कार्यक्षेत्रमा संघर्षपूर्ण समय बित्नेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आकस्मिक धनलाभ रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

कर्कट । भाग्यले साथ दिनेछ। घर निर्माणमा ठेकापट्टा सम्बन्धी कामबाट लाभ पाइनेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा गरिएको कामको उचित प्रतिफल मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

सिंह । व्यापार व्यवसायमा आफन्तको साथ मिल्नेछ। कार्यक्षेत्रमा जिम्मेवारी पूरा नहुनाले अज्ञात भय रहनेछ। नोकरी वा पेशामा आशा देखाउनेहरूको भरपर्दा दुःख मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

कन्या । परिश्रम अनुसार उपलब्धि हात लाग्नेछ। रोकिएका काम पुनः प्रारम्भ हुनेछन्। दैनिकी काममा सन्तोषजनक परिणाम मिल्नेछ। सेवामूलक कार्यबाट लाभ मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला । युवाहरूको करियरलाई लिएर प्रगति हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक । कार्यक्षेत्रमा परिणामको चिन्ता नगरी कार्य गर्नुहोस् सफलता पाउनुहुनेछ। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। पारिवारिक समस्याहरूको समाधान हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

धनु । नोकरी वा पेशामा इमान्दारिताको परिचय दिनुहोला। नयाँ योजनाहरूमा लगानी लगाउने अवसर मिल्नेछ। सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

मकर । प्रेम सम्बन्ध सुमधुर रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ । कार्यक्षेत्रमा सानोतिनो कुरा लम्ब्याउनाले विवाद बढ्न सक्ला। अड्केका कार्यसम्पादन गर्नमा परिवारहरूको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मीन । कार्यक्षेत्रमा नयाँ कार्यहात लाग्नेछ। पारिवारिक समस्याको समाधान मिल्नेछ। हतारमा लिएका निर्णयहरू नोक्सानदाई रहनेछन्। प्रशासनिक क्षेत्रमा कार्य सम्पादनमा बाधा आउनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ५ रहेको छ।

स्रोत हाम्रोपात्रो