ओखलढुङ्गामा स्काभेटरको ठक्करबाट एक वृद्धको मृत्यु

न्युजलय २१ माघ २०८०, आइतबार ०१:२५ मा प्रकाशित

ओखलढुङ्गा । ओखलढुङ्गामा स्काभेटरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

स्काभेटरको ठक्करबाट जिल्लाको चिशङ्खुगढी गाउँपालिका–६, भदौरे मुगाछापका ६६ वर्षीय एकबहादुर थापा मगरको मृत्यु भएको हो ।

सिद्धिचरण नगरपालिका २ चुहान छाप हुँदै चिशङ्खुगढी गाउँपालिका ६ भदौरे जाने भित्री कच्ची सडक निर्माण गर्नेक्रममा प्रदेश ०३–०१–००३ क ७३५६ नम्बरको स्काभेटरको ठक्करबाट थापा मगर गम्भीर घाइते भएका थिए ।

उपचारको लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।