सन्दिप एसिसी प्रिमियम कपको उत्कृष्ट खेलाडी घोषित

न्युजलय १९ बैशाख २०८०, मङ्गलबार ०७:२४ मा प्रकाशित

काठमाण्डौ । सन्दीप लामिछाने एसिसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। 

मंगलबार (आज) सम्पन्न प्रतियोगितामा लामिछाने सर्वाधिक विकेट लिनेमा उनी दोस्रो खेलाडी हुन। उनले ५ खेलमा १३ विकेट लिन सफल भएका हुन्। 

सर्वोत्कृष्ट बलरको उपाधि भने ओमानका बिलाल खानले पाएका छन्। खानले सर्वाधिक १७ विकेट लिन सफल भएका थिए।