इटहरी । इटहरी उपमहानगरपालिका–१६ मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
स्थानीय मोती अन्सारीका १३ वर्षीय छोरा कलिन मियाँले कलमा मोटर चलाई पानी खाने क्रममा अचानक करेन्ट लाग्दा मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका मियाँलाई उपचारको लागि सान्वी सिटी अस्पताल लबिपुर लागिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।