प्रदेश १ महिला फुटबल छनौट खेलमा झापालाई उपाधि

न्युजलय ३ असोज २०७९, सोमबार ०१:३८ मा प्रकाशित

इटहरी । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत इटहरी रंगशालामा आइतबार भएको प्रदेश नम्बर १ को महिला फुटबल छनौट खेलमा झापाले स्वर्ण पदक जितेको छ । 

 

फाइनल खेलमा धनकुटालाई ०-१ गोलले पराजित गर्दै झापाले स्वर्ण पदक जितेको हो ।


रोमाञ्चक खेलको पहिलो हाफमा कुनै टिमबाट गोल हुन सकेन । दुवै टोलीले खेलमा राम्रा अवसर पाए पनि गोल गर्न नसकेपछि पहिलो हाफ बराबरीमा टुंगिएको थियो ।

 

झापाका लागि दोस्रो हाफको १८ औं मिनेटमा लक्ष्मी श्रेष्ठले एक गोल गरिन् । त्यसपछि दुवै टिमबाट गोल हुन नसकेपछि सोही गोल निर्णायक बन्न पुग्यो ।


प्रतियोगितामा दोस्रो भएको धनकुटाले रजक पदकमा चित्त बुझाएको छ भने सुनसरीले कास्य पदक प्राप्त गरेको छ ।