मोरङ । मोरङमा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ । बुढीगंगा–५ नयाँ टोलमा करेन्ट लागेर बुधबार एक दम्पतीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र उनकी श्रीमती ७२ वर्षीय कुमादेवी मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चलिरहेको मोटरमा कल चलाउने क्रममा दुवैजनालाई बुधबार बिहान करेन्ट लागेको थियो । मृतक दम्पती स्थानीय देवनारायण चौधरीको घरमा बस्दै आएका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।