नेप्से ५२.३१ प्रतिशतले बढ्यो

न्युजलय २६ फाल्गुण २०७८, बिहिबार ०९:२७ मा प्रकाशित

काठमाडौं । बिहिबार(आज) सेयर बजार परिसूचक नेप्सेमा ५२.३१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । पछिल्ला केही दिनयता लगातार गिरावट भएको नेप्सेमा बिहीबार भने हरियाली छाएको छ ।

नेप्से आज ५२.३१ प्रतिशतले वृद्धि भएर २५६६.७९ अंकमा  बन्द भएको छ । बिहीबार नेप्सेसँगै अन्य सबै उपसूचकमा हरियाली छाएको छ ।

आज बजारमा दुई अर्ब ७९ करोडको कारोबार हुँदा अपी पावरको साढे १६ करोड र नेपाल दूरसञ्चार कम्पनीको साढे १३ करोडको कारोबार भएको छ ।

आज बजारमा कारोबार भएका मध्ये इमर्जिङ नेपालको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा कर्णाली डेभलपमेन्ट बैंकको ८.८९ प्रतिशतले बढेको छ ।