आदिवासी दिवसको अवसरमा आज कोशी प्रदेशमा सार्वजनिक बिदा

न्युजलय २५ साउन २०८१, शुक्रबार ०६:२१ मा प्रकाशित

इटहरी ।  आदिवासी दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले शुक्रबार.(आज) सार्वजनिक बिदा दिएको छ ।

कोशी प्रदेश सरकारको बिहीबार  बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री हिक्मत कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सबै सरकारी कार्यालयहरूका कर्मचारीलाई बिदा दिइने निर्णय भएको जनाइएको छ ।

शुक्रबार ३० औँ विश्व आदिवासी दिवसको अवसर पारेर प्रदेशबासीहरूमा शुभकामनासमेत व्यक्त गरिएको छ ।