विश्व आदर्शले पहिलो अन्तर कलेज फुटसल प्रतियोगिता गर्दै

न्युजलय २२ बैशाख २०७९, बिहिबार ०३:०५ मा प्रकाशित

इटहरी । विश्व आदर्श कलेजले यस बर्ष २०७९ सालको पहिलो अन्तर कलेज फुटसल आयोजना गरेको छ । 


यस प्रतियोगितामा इटहरीमा‌ रहेका ७ वटा कलेज सहभागी हुनेछन् । प्रतियोगितामा विश्व आदर्श कलेज, कस्तुरी कलेज, शुष्मा गोदावारी कलेज, कोशी से.जेम्स कलेज, इटहरी नमुना कलेज, सगरमाथा कलेज, इडुटेक कलेजका बिधार्थीहरू सहभागी हुनेछन् । 


बैशाख २३ गते बिहान ७ बजेदेखि बैशाख २५ गतेसम्म पाथीभरा फुटसलमा उक्त प्रतियोगिता हुने विश्व आदर्श कलेजले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । यस कलेजले विगतका बर्षहरुमा पनि धेरै शैक्षिक तथा खेलकुद कार्यक्रम गर्दै आएको छ ।