बढ्यो सुनको भाउ

न्युजलय २९ कार्तिक २०७९, मङ्गलबार ०५:२३ मा प्रकाशित

काठमाडौँ । मंगलबार (आज) सुनको भाउ  तोलाको ९८ हजार नाघेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार बढी हो ।

त्यस्तै चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ३० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय २५ रुपैयाँ कायम भएको छ ।