काठमाडौं । आजबाट सुरू भएको महिला टि-२० एसिया कपमा आयोजक बंगलादेशले विजयी सुरुवात गरेको छ । उसले उद्घाटन खेलमा थाइल्याण्डलाई ९ विकेटले हराउँदै विजयी सुरूवात गरेको हो ।
८३ रनको लक्ष्य बंगलादेशले ११.४ ओभरमा मात्र १ विकेट गुमाउँदै भेट्टायो । उसका लागि शमिमा सुल्तानले ३० बलमा १० चौकासिहत सर्वाधिक ४९ रनको पारी खेलिन् ।
अविजत रहेका फरगाना हकले २६ तथा कप्तान निगार सुल्तानले १० रन जोडे । थाइल्याण्डका लागि एक मात्र विकेट थिपाच्चा पुथावाङले हात पारिन् ।
त्यसअघि सिलहट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ८२ रन बनाएको थियो ।
उसका लागि फन्निता मायाले सर्वाधिक २६, नाथकन चन्थमले २०, रोसेन्न कानोहले ११ र सोर्नारिन टिप्पोचले १० रन जोडे ।
बंगलादेशका लागि रूमान अहमदले ३, नाहिदा अख्तर, सन्जिदा अख्तर मेघला र शोहेली अख्तरले २र२ तथा सल्मा खातुनले १ विकेट हात पारे ।