प्रि ओपन सेसनमा साढे ८ अंकले बढ्यो नेप्से

न्युजलय १६ फाल्गुण २०७८, सोमबार ०५:०१ मा प्रकाशित

काठमाडौं । सोमबार (आज) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ८ अंक बढेको छ।

आइतबार ७.७३ अंक घटेर २६५३.७० विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा ८.५५ अंक बढेर २६६२.२६ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७५ अंक बढेको छ।

आज प्रि ओपन सेसनमा ३२ कम्पनीको १ करोड २४ लाख २५ हजार ४५४ रुपैयाँ ३९ पैसा बराबरको २५ हजार ७७ कित्ता सेयर खरिदबिक्री भएको छ।