भारतमा थप ५८ हजारमा कोरोना संक्रमण , ६५७ जनाको मृत्यु

न्युजलय २८ माघ २०७८, शुक्रबार ११:५२ मा प्रकाशित

काठमाडौं । भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ५८ हजार ७७ नयाँ कोरोना संक्रमित थपिएको जनाएको छ ।

त्यस्तै एकदिनमा १ लाख ५० हजार ४०७ जना कोरोनाबाट निको भएका छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ । २४ घण्टामा कोरोनाका कारण ६ सय ५७ जनाको मृत्यु भएको छ ।