आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

न्युजलय १६ कार्तिक २०८१, शुक्रबार ०६:२२ मा प्रकाशित

काठमाडौँ । देशभर पश्चिमी वायुको तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागहरूमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भूभागका थोरै तथा बाँकी  प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।