२०७८ मंसिर ११ गते शनिबारको राशिफल

न्युजलय ११ मङ्सिर २०७८, शनिवार ०६:४७ मा प्रकाशित

मेष । धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ ।

 

वृष । आज सहयोग गर्ने भन्दा आश्वासन बाड्नेहरू धेरै भेटिनेछन् । आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

 

मिथुन । आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

 

कर्कट । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाइनेछ ।

 

सिंह । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

 

कन्या । जिद्दीपनाले गर्दा काम बिग्रने र आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर साँझमा आफन्तको सहयोग पाइनेछ ।

 

तुला । मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ ।

 

वृश्चिक । धार्मिक यात्राको योग छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

 

धनु । आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

 

मकर । मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ, तर वैदेशिक क्षेत्रको काम बन्नेछ ।

 

कुम्भ । आज रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् ।

 

मीन । आज रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।