कांग्रेस खोटाङका सभापति राई एक वर्षका लागि निलम्बित

न्युजलय २६ असार २०८२, बिहिबार ०५:३८ मा प्रकाशित

खोटाङ । नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईलाई पार्टी सदस्यताबाट एक वर्षका लागि निलम्बन गरिएको छ।

२०७९ सालमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनी निलम्बनमा परेका हुन्।

कांग्रेस केन्द्रीय अनुशासन समितिको २०८२ असार १७ गते बसेको बैठकले राईलाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको हो।

अनुशासन समितिले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको र प्राप्त प्रमाणका आधारमा कारबाही गरिएको समितिको निर्णय पत्रमा उल्लेख गरिएको छ।