२०७८ साल कार्तिक ७ गते अाईतबार

नेप्से १८ अङ्कले घट्यो

न्युजलय २४ असोज २०७८, अाईतबार ०३:३४ मा प्रकाशित

 काठमाण्डौ । आइतबार (आज) शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६ सय ६२ दशमलव ५८ विन्दुमा झरेको छ ।

आज फाइनान्स, जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । उत्पादन, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागको छ ।

समग्र बजार घटे पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै जीवन विकास लघुवित्त र महिला लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।