नेपाल आज पिएनजीसँग खेल्दै

न्युजलय २९ फाल्गुण २०७९, सोमबार ०१:१७ मा प्रकाशित

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम श्रृंखलामा नेपालले आज पपुवा न्यूगिनी (पिएनजी)को सामना गर्दैछ । नेपाल र पिएनजीबीचको खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।  

सिरिजमा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । जारी श्रृंखलाको पहिलो खेलमा नेपालले पिएनजीलाई ५५ तथा दोस्रो खेलमा यूएईलाई १७७ रनले हरायो । नेपाल पिएनजीविरुद्ध पनि जित निकाल्दै शीर्ष तीनमा स्थान बनाउँदै सिधै एकदिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवितै राख्न चाहन्छ । 

अब दुई खेल जिते नेपाल विश्वकप छनोटमा पुग्नेछ । नेपाल अहिले ३४ खेलबाट ३६ अंकका साथ तालिकाको चौथो स्थानमा छ । टोलीले अहिलेसम्म ३४ मध्ये १७ मा जित, १५ मा हार तथा दुई खेलमा अंक बाँडेको छ ।