झापामा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

न्युजलय १७ असार २०८१, सोमबार ०१:२५ मा प्रकाशित

झापा। झापाको कमल गाउँपालिका–५ का ४४ वर्षीय कमल सुव्वाको घरमा जुवातास खेलिरहेको अवस्थामा कमलसमेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ४ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।