मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी

न्युजलय ५ बैशाख २०८०, मङ्गलबार १०:०२ मा प्रकाशित

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको उद्धघाटन खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।

भीम सार्की र कुशल मल्लको शानदार अर्धशतकको मद्दतले मलेसिया ६  विकेटले पराजित भएको हो ।

मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । नेपाललाई जित दिलाउन नेपालका भीम सार्कीले ७१ रनको विष्फोटक पारी खेले उनले ९८बलको सामना गर्दै ५ चौकाको मद्दतले ७१ रन बनाए । 

कुशल मल्लले ४० बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ७० रनको योगदान गरे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रनको योगदान गरे ।

यसअघी कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङगर्दै मलेसियाले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३५ रन बनाएर नेपाललाई २३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।