इलाममा ४० लाख मूल्य बराबरको औषधि सशस्त्र प्रहरीद्वारा बरामद

न्युजलय २० असोज २०७८, बुधबार ०४:२७ मा प्रकाशित

इलाम । इलाममा सशस्त्र प्रहरीले करिब ४० लाख मूल्य बराबरको विभिन्न किसिमका औषधि बरामद गरेको छ ।

सूर्योदय नगरपालिका–३ कट्टेबुङस्थित राजकुमार गोलेको घरमा अवैध रूपले ल्याई लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर एक बराह बाहिनी सुनसरीबाट गएको सशस्त्र प्रहरीको टोलीले उक्त औषधि बरामद गरेको हो ।

बरामद औषधि भन्सार कार्यालय पशुपतिनगरमा बुझाइको छ ।