अभिनेता सलोन बस्नेत बुबा बन्दै

न्युजलय ३० फाल्गुण २०८०, बुधबार ०१:५२ मा प्रकाशित

काठमाडौँ । अभिनेता सलोन बस्नेत बुबा बन्दै छन् । उनकी पत्नी करिश्मासँग अहिले पहिलो सन्तानको स्वगतको तयारी गरिरहेका छन् । जसको तस्बिर उनी सामाजिक संजालबाट सार्वजनिक गर्दै आएका छन् ।

यस्तैमा उनले ‘प्रेग्नेन्सी’ फोटोसुटका केही तस्बिर  सार्वजनिक गरेका छन् । जसमा दुबै पतिपत्नी खुसी देखिएका छन् । 

चिकित्सकले करिश्माको डेलिभरी डेट वैशाख २७ गतेलाई दिएका छन् । गत मङ्सिरमा सलोनले आफू बाबु बन्न लागेको जानकारी दिँदै हुनेवाला बच्चाको नाम ‘सलोमा’ राखेको जनाएका थिए । सलोन र करिश्माले २०७९ मङ्सिरमा प्रेम विवाह गरेका थिए ।