उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना निर्वाचित

न्युजलय ३० चैत २०७९, बिहिबार ०९:०२ मा प्रकाशित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा एसोसिएट उपाध्यक्ष पदमा ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छन् । 

उनले उमोशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ प्यानलबाट साझा उम्मेदवारका रूपमा उठेका भरत आचार्यलाई पछि पार्दै जित हात पारेकी हुन् । ज्योत्सनाले ८ सय ४६ मत प्राप्त गर्दा भरत आचार्यले ७ सय ८१ मत प्राप्त गरे । 

एसोसिएटतर्फको सदस्यमा अम्बिकाप्रसाद पौडेल, अविनाश बोहोरा, आनन्द बगरिया, उज्वलकुमार श्रेष्ठ, गोपाल खनाल, रामशरण थपलिया, देशबन्धु बस्नेत, प्रवलजंग पाण्डे, मनोज पौडेल विजयी भए । 

यस्तै अन्य सदस्यमा राजेशकुमार अग्रवाल, सुशील थापा, शैलेन्द्र गुरागाईं, सुनिलनारायण श्रेष्ठ, शक्तिकुमार बेगानी, सन्दीपकुमार अग्रवाल, जुना माथेमा, ऋषि अग्रवाल र हेमन्त गोल्छा निर्वाचित भएका छन् ।