घट्यो सुनको मूल्य

न्युजलय २८ असार २०७९, मङ्गलबार ११:२७ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य घट्दो क्रममा छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार(आज) सुनको मूल्य २ सयले घटेर प्रतितोला  ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ। यस्तै आज तेजावी सुन प्रतितोला ९४ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनको मूल्य घटसेसँगै चाँदीको मूल्य पनि घटेको छ।

आज चाँदीको तोलामा १० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।