नेपाली क्रिकेट टिमको उपकप्तान बने रोहित पौडेल

न्युजलय ६ जेठ २०७९, शुक्रबार ०२:४४ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको उपकप्तान रोहित कुमार पौडेल बनेका छन्।

 

नेपाल क्रिकेट संघ क्यानले बिहीबार रोहितलाई अमेरिका र स्कटल्याण्डमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि टोलीको उपकप्तानको जिम्मेवारी दिएको हो। 

 

यसअघि दिपेन्द्र सिंह ऐरीले उपकप्तानको जिम्मेवारी सम्हालेका थिए। तर, क्यानविरूद्व मिडियाबाजि गरेको भन्दै उक्त जिम्मेवारी खोसिएको थियो।