इटहरी । इटहरीमा कमेडी यात्रा कार्यक्रम आयोजना गरिने भएको छ ।
होटल व्यवसायी संघ इटहरी र जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको संयुक्त आयोजनामा होटल व्यवसायी होटलका कर्मचारीहरुका लागि कमेडी यात्रा कार्यक्रम आयोजना गर्न लागिएको जनाइएकी हो ।
कमेडी यात्रामा हास्यकलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, शिवशंकर रिजाल, सुमन कार्की, मिलन नेवार, निराजन नेपाल, राधिका खड्का लगायतको प्रस्तुति रहने छ ।
इटहरी क्षेत्रमा होटल व्यवसायी तथा होटलका कर्मचारीहरुलाई समावेश गरेर यस प्रकारको कार्यक्रम पहिलो पटक हुन लागेका होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए ।
कार्यक्रम आगामी २२ गते रोयल रिसोर्ट हलगडामा आयोजना गरिने होटल व्यवसायी संघ इटहरीले जनाएको छ ।