काठमाडौं । सुन चाँदीको मूल्यमा गिरावट आएको छ। आइतबार(आज) सुन तोलामा ३ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य ३ सय रुपैयाँले घटेर तोलाको ९७ हजार ५०० रुपैयाँमा पुगेको छ। तेजाबी सुन प्रतितोला ९७ हजार कायम गरिएको महासंघले जनाएको छ।
यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदीको मूल्य १० रुपैयाँले सस्तिएर तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ।