सामान्य अंकले बढ्यो नेप्से

न्युजलय ९ पुस २०८२, बुधबार ०३:४० मा प्रकाशित

काठमाडौँ । आज सेयर बजार १.३७ अंक बढेको छ । यससँगै बजार मापक २५८५।८७ विन्दुमा उक्लिएको छ ।

बजार बढ्दा १११ कम्पनीको सेयर मूल्य बढेको छ । १४२ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

बजार बढेपनि कारोबार रकम भने घटेको छ । यसदिन ३ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो दिन ३ अर्ब ३९ करोडको सेयर किनबेच भएको थियो ।