काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा हरेक टोलीले २६ खेलाडी राख्न पाउने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपमा एक टोलीमा २६ खेलाडी राख्न दिने निर्णय गरेको हो ।
यसअघि एक टोलीमा २३ खेलाडी मात्र राख्न पाइने नियम थियो । कोरोना महामारीपछि फिफाले २६ खेलाडी राख्ने अनुमति दिदै आएको छ ।
युरोकप २०२० समेत एक टोलीमा २६ खेलाडी राखिएको थियो । कतार विश्वकप आगामी २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म आयोजना हुनेछ ।
कतार विश्वकपको उद्घाटन खेलमा नेदरल्याण्ड्स सेनेगल प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेल अल तुमामा स्टेडियम स्टेडियममा नेपाली समय अनुसार दिउसो पौने चार बजे हुनेछ ।
विश्वकपमा सहभागिता जनाउने ३२ वटै देशको टुंगो लागिसकेको छ । फिफाले विश्वकप समूह विभाजन ड्रु यसअघि नै सार्वजनिक गरिसकेको छ ।