नेपालमा भेटियो कोरानाका दुई नयाँ भेरियन्ट

न्युजलय ११ जेठ २०८१, शुक्रबार ०१:४३ मा प्रकाशित

काठमाडौं । नेपालमा कारोना भाइरसको दुईवटा नयाँ भेरियन्ट भेटिएका छन्। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार उक्त भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी १ र केपी २’ पुष्टि भएको हो।

हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ।