भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९८७ पुग्यो

न्युजलय १६ भदौ २०८३, मङ्गलबार ११:४२ मा प्रकाशित

काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार बिहान ९ बजेसम्म ९८७ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०मा २१६, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०मा १७०, तनहुँमा ३८ र चितवनमा ३२१ (विभिन्न मानव अंगसहित) शव फेला परेको छ ।

उक्त बाढीपश्चात् अझै तीन हजार ९१६ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजना, भन्सार कार्यालयका कर्मचारीलगायत छन् ।

सम्पर्कविहीन हुनेमा विदेशी नागरिक ५८३ जना छन् । विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली नागरिक १६४ जना पनि सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ । 

यही भदौ १० गते बिहान उक्त बाढी आएको थियो । बाढीबाट रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।