एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा घरेलु टोली बार्सिलोना पराजित भएको छ । क्याम्प नोउमा भएको खेलमा ऊ काडिजसँग १–० ले पराजित भएको हो ।
खेलको ४८ औं मिनेटमा लुकास पेरेजले गरेको एक मात्र गोल पाहुना टोलीलाई जित दिलाउन पर्याप्त बन्यो । जितसँगै ३२ खेलमा ३१ अंक जोडेर काडिज १६ औं स्थानमा उक्लिएको छ ।
पराजित बार्सिलोना २१ खेलबाट ६० अंकका साथ दोस्रोमा यथावत छ ।