कुकुरसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

न्युजलय १६ असार २०८१, आइतबार १२:१५ मा प्रकाशित

झापा । झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केर्खाबाट दमक आँउदै गरेको प्र १–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकल शुक्रबार बेलुका कमल गाउँपालिका –५ स्थित बाटो काट्दै गर्दै गरेको कुकुरलाई ठक्कर दिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार रहेका शिवसताक्षी २ का ४० वर्षीय नवीन आचार्यको शनिवार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकल चालक २६ वर्षीय पदमबहादुर पौडेलको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।