मोरङमा गोमन सर्पले डसेर एक जनाको मृत्यु

न्युजलय २७ साउन २०८१, आइतबार १०:१३ मा प्रकाशित

मोरङ । मोरङमा गोमन सर्पले डसेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको कानेपोखी गाउँपालिका–६ बस्ने ५३ वर्षीय विजय सुन्दासको सर्पले डसेर मृत्यु भएको हो ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा गोमन सर्पले डसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सर्पले डसेर गम्भीर घाइते भएका उनको उपचारको लागि इटहरी ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।