प्रदेश १ मा आज थप ९३ जनामा कोरोना पुष्टि, २७९ जना निको भए

न्युजलय २३ असोज २०७८, शनिवार ०७:०३ मा प्रकाशित

विराटनगर । प्रदेश १ मा आज थप ९३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

३५० जनाको पीसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २८, सुनसरीमा २७, झापामा २२, धनकुटा र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण भएको हो ।

 प्रदेश १ मा आज २७९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १४३ महिला र १३६ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।