नेपाली महिला टिमले आज युगान्डाविरुद्ध खेल्दै

न्युजलय २ जेठ २०७९, सोमबार ०२:११ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा पहिलोपटक अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ । शृंखलाको पहिलो खेलअन्तर्गत नेपालले आज युगान्डाविरुद्ध पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।


अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको डेढ दशकपछि महिला टोलीले पहिलोपटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । सन् २००७ मा मलेसियामा सम्पन्न एसीसी महिला च्याम्पियनसिपबाट नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको थियो । यसअघि, गत मंसिरमा नेपालले कतारविरुद्ध तीन खेलको शृंखला खेलेको थियो ।  

 

महिला टोलीले घरेलु भूमिमा दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । यसअघि, २०१९ मा सम्पन्न १३औँ दक्षिण एसियली खेलकुद (साग)मा महिला टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका जुरेको थियो । पोखरामा सम्पन्न महिला क्रिकेटमा नेपालले कास्यपदकमा चित्त बुझाउनुपरेको थियो ।


युगान्डाविरुद्धको खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

 

नेपालकी टोलीकी उपकप्तान फेयर ब्रेक इन्भिटेसनल क्रिकेट खेल्नका लागि दुबईमा भएकाले क्यानले इन्दु वर्मालाई उपकप्तानको जिम्मेवारी दिएको छ ।