इटहरी । सुनसरीको इटहरीस्थित सगुन कृषि सहकारी संस्थाले आफ्नो १२ औं साधारणसभा भब्यताका साथ सम्पन्न गरेको छ । संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा सुनसरीको बिभिन्न क्षेत्रबाट एक हजार बढी सेयर सदस्यहरूको उपस्थिती रहेको थियो ।
संस्थाका अध्यक्ष कमलकान्त राइको सभापतीत्वमा सम्पन्न साधारणसभामा सहकारीले स्थापना कालदेखि हालसम्म गरेको प्रगती विवरण, भोग्नुपरेको चुनौती र आगामी योजनाबारे चर्चा गरिएको थियो ।
संस्थाकै पुर्व अध्यक्ष टिकादत्त बनको प्रमुख आतीथ्यमा भएको कार्यक्रममा उपस्थित अधिकांश बक्ताहरूले कोरोना काल पश्चात मुलुक गम्भिर आर्थिक संकटमा फसेको बेला सगुनले सुनसरीको ग्रामिण भेगका कृषकहरूमा पनि सेवा पुर्याएको प्रति कृतज्ञ ब्यक्त गरेका थिए । धेरै जसो सहकारीहरूले ऋण लगानी गर्न नजान्दा धरासय भएको र केहि त अहिले पनि बन्द हुन पुगेकोले त्यसतर्फ सावधानी अपनाउन बक्ताहरूले बिशेष सुझाव दिएका थिए ।
सगुन कृषि सहकारी संस्थाले बचत संकलन तथा ऋण परिचालन गर्ने किसानहरुलाई मल, बिऊ र विषादीहरु उपलब्ध गराउने, तालिम तथा क्षमता विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्ने, कृषि यान्त्रिकरण परियोजना अन्तर्गत कस्टम हायरिङ सेन्टर सञ्चालन गर्ने, सहकारी पसल सञ्चालन गर्ने लगायतका कामहरु गर्दै आएको छ ।
सहकारीले आगामी दिनमा साना कुटानी पिसानी मिल सञ्चालन गर्ने, स–साना कृषि यन्त्र घरायसी सामानहरु सुलभ मूल्यमा उपलब्ध गराउने योजना बनाएको छ भने दिर्घकालिन रुपमा दुग्ध प्रषोधन, कुखुराको मासु प्रषोधन तथा अन्य कृषिजन्य उत्पादनको उद्योग सञ्चालन गर्ने योजना बनाएको छ ।
संस्थामा झण्डै ७ हजार सेयर सदस्यहरु रहेका छन् । सेयर पूँजि झण्डै तीन करोड १६ लाख रुपैयाँ रहेको छ भने निक्षेप १० करोड ९१ लाख रहेको छ । त्यसैगरी ऋण लगानी १० करोड ४३ लाख रुपैयाँ रहेको छ ।
कार्यक्रममा इटहरी उपमहानगर वडा नं. १६ का वडाध्यक्ष तेज नारायण चौधरी, वडा नं. ५ का वडाध्यक्ष भिस्म कुमार घिमिरे, इनरूवा वडा नं. २ का वडाध्यक्ष विश्वनाथ ठाकुर, रामधुनी नगरपालीका वडा नं. २ का वडाध्यक्ष राम नारायण चौधरी, आमा बचत तथा ऋण सहकारी संस्था तरहरा अध्यक्ष कमला खड्का लगायतको उपस्थिती रहेको थियो।