कोलम्बिया र छिमेकी देशहरूमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

न्युजलय २६ साउन २०८३, मङ्गलबार ०५:४६ मा प्रकाशित

काठमाडौं । कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। 

भूकम्पका कारण पेरेइरा सहरमा मात्रै कम्तीमा १८ जनाको मृत्यु भएको नगरप्रमुख माउरिसियो सालाजारलाई उद्धृत गरी काराकोल रेडियोले उल्लेख गरेको छ। उनले भूकम्पका कारण सहरमा ‘स्थिति गम्भीर छ’ भने।

अमेरिकी भूगर्भशास्त्रीहरूले भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड र केन्द्रबिन्दु कोलम्बियाको पश्चिममा १०० किलोमिटर गहिराइमा रहेको रेकर्ड भएको बताएका छन्।