काठमाडौं । कृषा चौलागाईको डेव्यु निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘ऐँचो पैँचो’ को पहिलो गीत ‘काले केटाले’ सार्वजनिक गरिएको छ ।
भदौ १४ गतेदेखि प्रदर्शनमा आउने उक्त फिल्मको गीत प्रीमियर गरिएको हो । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मको सार्वजनिक गीतमा आशिष अविरल तथा अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ ।
एक नारायण भण्डारीद्वारा रचना गरिएको उक्त गीतमा संगीतकार आशिष अविरलको संगीत तथा संगीत संयोजन रहेको छ ।
सार्वजनिक गीतमा फिल्मका दुई अभिनेत्री स्वस्तिमा खड्का तथा वर्षा राउतसंगै एलेक्सलाई फिचर गरिएको छ । कविराज गहतराजले यो गीतको भिडियोमा कोरियोग्राफी गरेका छन् ।
फिल्ममा भने स्वस्तिमा र वर्षासंगै मुकुन भुषाल, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।